रामेछाप । पत्रकार भन्दै बाँकेमा सुरक्षाकर्मी संग पैसाको बार्गेनिङ गर्ने एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा क्राईम सतर्क टेलिभिजन नामक अन्लाईनमा कार्यरत रहेको जानकी गाउँपालिका वडा नम्बर ६ निवासी मनोज तमोलीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
तमोलियाले नेपालगन्ज उपमहानगरपालिका १५ स्थित जमुनाह भन्सार नाकामा प्रहरी संग बार्गेनिङ गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
तमोलिले नाकामा खटिएका सुरक्षाकर्मी हवल्दार कुलबहादुर रावत सँग १० हजार रकम माग गरेका बताइएको छ । बार्गेनिङ गरेर ४ हजारमा सल्टाउँदै थिए । प्रहरीले उक्त रकम उपलब्ध नगराए समाचार बनाइदिने विभिन्न धम्की तथा त्रास देखाउँदै उक्त रकम माग गरेको
जमुनाह प्रहरीका इन्चार्ज मीनबहादुर विष्टले बताएका छन् । पक्राउ परेका तमोलीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको बाँके प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार मनोज तमोलिले रकम माग गर्दै, ‘म संग पैसा लिएको भिडियो छ, रकम उपलब्ध नगराए समाचार तथा भिडियो सार्वजनिक गरिदिन्छु’ भन्ने धम्की सुरक्षाकर्मीलाई दिएको भनाई छ । पक्राउ परेका तमोली पत्रकार महासङ्घको रेकर्डमा उनी पत्रकार नरहेको पाइएको छ । उनी महासङ्घको सदस्य समेत नभएको प्रहरीको दाबी छ ।तमोली यस अघि पनि बार्गेनिङ गर्ने आरोपमा पक्राउ परिसकेका जिल्ला प्रहरी कार्यालय बाँकेको रेकर्डमा छ । तमोलीलाई बाँके प्रहरीले अभद्र व्यवहार आरोपमा कारबाही अगाडी बढाउने जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।