सैघाली खबर
दाङ ,२७ फागुन
प्रदेश नं मुख्यमन्त्री शंकर पोखरेलले आज दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोख्रलले विश्वासको मत लिनुहुने भएको छ । कार्यव्यवस्था परामर्श समितिको हिजो बसेको बैठकले आवश्यक कार्यसूची तय गरेको छ ।
यस्तै, बैठकमा अन्य दुई विधेयकहरू समेत प्रस्तुत गर्ने र ती विधेयकसहित अर्को मस्यौदा समेत सांसदहरूलाई छलफलका लागि उपलब्ध गराउने गरी कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
आजको प्रदेशसभा बैठकमा आर्थिक कार्यविधि ऐन, स्थानीय तहका सेवा सुविधासम्बन्धी ऐन प्रस्तुत गरिनेछ, जुन प्रदेश सरकार र मातहतका सरकारका लागि महत्वपूर्ण विषय हुन् । फागुन १३ गतेका लागि पहिले तय भएको बैठकमा विजनेश नभएको भन्दै बैठक नै नबसी अघिल्लै दिन सूचना टाँसेर स्थगित भएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।