बुटवलमा अनेरास्ववियु कार्यकर्ता र प्रहरीबीच झडप, अध्यक्ष पोखरेलसहित पाँच घाइते



बुटवल। मूल्यवृद्धि विरुद्धको आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबिच बुटवलमा झडप भएको छ। नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू  र प्रहरीबिच झडप भएको हो।

झडपमा परी अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियु जिल्ला अध्यक्ष शेषकान्त पोखरेल, बुटवल नगर कमिटी अध्यक्ष रोशन घिमिरे, कृष्ण पौडेललगायत घाइते भएको अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष यम पाण्डेले जानकारी दिए।

अनेरास्ववियुका कार्यकर्ताहरूले कालो बेलुन र ब्यानर समेत प्रदर्शन गरेका थिए। सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने मागसहित लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिन पुगेका अनेरास्ववियुका कार्यकर्ताहरूलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्