‘तिम्रै लागि’को साथमा आए दिल र बिना ( भिडियो )



काठमाडौँ – नेपाली सङ्गीतमा आफ्नो भविष्य खोजिरहेका प्रतिभाशाली युवा गायक दिल विश्वकर्माले ‘तिम्रै लागि’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। वैदेशिक रोजगारीको क्रममा हाल सीओल, कोरियामा रहेका रहेका गायक विश्वकर्माको यस गीतमा स्वर, शब्द र सङ्गीत समावेश छ।

गीतमा सुदिप सागरको सङ्गीत संयोजन रहेको छ। प्रेमिल जोडी बिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक विश्वकर्मा  र बिना राउत फिचर्ड छन्।  नवराज उप्रेतीले छायाङ्कन गरेको यस भिडियोलाई दिपेन बस्नेतले सम्पादन गरेका हुन्।

सुबोल थापाको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक विश्वकर्माको  च्यानल ‘दिल विश्वकर्मा अफिसिएल’ मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गायक विश्वकर्माको स्वरमा रहेको ‘अस्ट्रेलिया जाउली माया’ श्रोता माझ लोकप्रिय छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्