प्रदेश ४

१० वर्ष अघि व्यापारीलाई खाना खान फुर्सद नहुने सेतिवेणि अहिले व्यापार विहिन

By Thah Online

February 08, 2022

पर्वत । ३ जिल्लाको सङ्गम स्थलमा रहेको सेतिवेणि बजार एउटा बजार मात्र नभएर ठुलो धार्मिक तीर्थस्थल पनि हो सेतिवेणि बजार कुनै समय व्यापार व्यवसायले उत्कृष्ट फड्को मार्न सफल क्षेत्र वनेको थियो ।

सेतिवेणि बजारमा व्यापार व्यवसाय गर्ने साहु  हरूले बिहानै देखि बेलुका सम्मै ग्राहकहरूको बाक्लो उपस्थितिको कारण खाना सम्म पनि खान नपाउने अवस्था हुने स्थिति सृजना हुने थियो ।

पर्वतको बाच्छा, देखि हातेमालो चौकसम्म उता स्याङ्जाको पिडिखोला देखि स्याल वाससम्म गुल्मीको   कोरेङ पुर्तिघाट देखि अर्वेनि सम्मको ग्राहकहरूको किनमेल गर्ने  व्यापारिक किल्ला वनेको सेतिवेणि बजारमा अहिले व्यापार को लागि  ।

चाडवाडहरू मेला पर्व हरू कुर्नुपर्ने स्थित सिर्जना भयको छ । गाउँघरमा बाटो घाँटोको  सुविधा भय सङ्गै सबैको गाउँ गाउँ मै पसल हरू खुल्ने गाडी घोडाको सुविधाले गर्दा सामान किन्नको लागि ग्राहक मिर्मि गल्याङ वालिङ वाटै गाडीमा सामान मगाउने यिनै विविध कारणहरूले गर्दा सेतिवेणि बजार मा व्यापार डाउन भयको हो।

अहिलेको अवस्थामा सेतिवेणि मा शिला शालिग्राम दर्शन गर्न आउने भक्तजनहरू त्यस्तै सेतिवेणिमा अवस्थित शालिग्राम माध्यमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी हरूले फ्याट्ट फुट्ट सरसामान खरिद गरेर नै व्यापारीहरूले गुजारा गरिरहेका छन् ।

असोज देखि मान्छे कुरेर जेठ सम्म थोरै भय पनि व्यापार गरेर असार साउन र भदौमा बसेर खानुपर्ने स्थिति रहेको सेतिवेणि बजारमा ।वर्षा मौसम लागेपछि बजार बासी घर छाडेर अन्यत्र बस्न पर्ने बाध्यता छ। बाढी पहिरोले बर्सेनि डुबानमा पर्ने सेतिवेणि बजार व्यापार व्यवसाय गरेर परिवार पाल्नेहरूलाई अहिलेको अवस्थामा निकै समस्याको कारण वनेको छ।।