‘महाभारत’का ‘भीम’ प्रवीण कुमारको निधन



काठमाडौँ । दुरदर्शनमा प्रसारित बिआर चोपडाको सिरियल महाभारतमा भीमको भूमिका निभाउने अभिनेता प्रविण कुमारको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा मङ्गलवार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रवीण लामो समयदेखि बिरामी थिए भने काम नपाउँदा आर्थिक समस्याबाट समेत गुज्रिरहेका थिए । खेलकुदमा समेत नाम कमाएका प्रवीणले एशियन गेम र ओलम्पिकमा पनि प्रदर्शन गरेर लोकप्रिय भएका थिए ।

उनले ५० भन्दा बढी बलिउड चलचित्रमा काम गरिसकेका छन् । उनको पछिल्लो चलचित्र ‘महाभारत और बर्बर’ सन् २०१३ मा रिलिज भएको थियो ।

उनी कलाकार बन्नुभन्दा अगाडि खेलाडी थिए । उनी एसियन गेम्स मेडलिस्ट पनि हुन् ।

उनको निधनमा युधिष्ठिरको भूमिका निर्वाह गर्ने गजेन्द्र चौहानले ट्विट गर्दै श्रद्धाञ्जली दिएका छन् । 

उनले लेखेका छन्, ‘आज बिहान एक दुखद समाचार प्राप्त भयो । मेरो महाभारतका भाइ प्रवीण कुमारजील हामी सबैलाई छाडेर अनन्त यात्रामा चलेका छन् । विश्वास नै भएको छैन । तपाईँ सधैँ हाम्रो यादमा रहनु हुनेछ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्