नेपाल राष्ट्रिय बाणिज्य संघको अध्यक्षमा पुनः घर्ती



सैघाली खबर,
तुलसीपुर २७ फागुन ।

नेकपा एमाले निकटको व्यापारीक संगठन नेपाल राष्ट्रिय वाणिज्य संघ तुलसीपुरको नयाँ कार्यसमिति चयन गरिएको छ ।

शनिवार तुलसीपुर ७ स्थित राप्ती शान्ति उद्यानमा भएको संघको तेस्रो अधिवेशनले अध्यक्षमा पुनः टोपबहादुर घर्तीलाई चयन गरिएको हो ।

घर्तीको अध्यक्षमा २७ सदस्य गठित कार्यसमितिमा अधिकाँस पुरानै अनुहार दोहरीएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा पदम पोखरेल, उपाध्यक्षमा मित्रमणि भण्डारी,महासचिवमा शेवकराम भण्डारी, सचिवमा नरेन्द्रकुमार डाँगी नरेश, कोषाध्यक्षमा भिमप्रशाद घिमिरे, सहकोषाध्यक्षमा टेकप्रशाद केसी लगाएतका रहेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्