मुख्य समाचार

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक

By थाहा अनलाइन

June 16, 2017

असार २, २०७४( परीक्षा नियन्त्रण कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । १० कक्षाको अन्तिम परीक्षा गतवर्षसम्म एसएलसीको नाममा हुने गरेको थियो ।

यसवर्षदेखि एसईईको नाममा नतिजा सार्वजनिक भएको हो । यसवर्ष पनि ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६२ हजार १ सय ३६ मध्ये नियमितमा ४ लाख ४५ हजार ५ सय ६४ तर्फ ३।६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज ९जीपीए० १२ हजार २ सय ८४ जनाले प्राप्त गरेका छन् ।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले आजको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।