स्रोत नखुलेको ६९ लाख ९९ हजार नगदसहित नुवाकोटका ढुङ्गाना प’क्राउ



काठमाडौँ । स्रोत नखुलेको ७० लाख नगदसहित एक जनालाई प्रहरीले काठमाडौँबाट प’क्राउ गरेको छ। 

प’क्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका-३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुङ्गाना रहेका छन् ।

प्रहरीका अनुसार मङ्गलवार साँझ विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुबाट संयुक्त रूपमा खटिएको टोलीले ढुङ्गानालाई बालाजु बाइपासबाट प’क्राउ गरेको हो ।

उनी हुन्डीका कारोबारी भएको आ’शङ्का गरिएको छ । यसबारेमा थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। 

थप अनुसन्धानको लागि ढुङ्गानालाई महानगरीय प्रहरी वृत्त बालाजुमा बुझाएको छ।
 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्