सैघाली खबर,
तुलसीपुर २७ फागुन ।
तुलसीपुर नगर जेसिजले चमेरे गुफा जाने सडक निर्माणको निरिक्षण गरेको छ । जेसिजको अगुवाई तथा तुलसीपुर उपमहानगरपालिकाको ४० लाख बजेटमा निर्माण शुरु भएको उक्त सडकको शनिबार निरिक्षण गरिएको हो । तुलसीपुर नगर जेसिजका अध्यक्ष दिपेश भण्डारीको नेतृत्वमा गएको टोलीले निरिक्षण गरेको हो ।
तुलसीपुर उपमहानगरपालिका भित्र पर्ने पर्यटकीय क्षेत्र चमेरे गुफामा जानका लागि सजह सडक सञ्जाल नभएकाले सडक निर्माणका लागि पहला थालेको अध्यक्ष भण्डारीले बताए ।
तुलसीपुर ३ मा पर्ने उक्त गुफा जाने सडक निर्माण भएसंगै पर्यटकको संख्यामा बृद्धि हुने भन्दै सडक निर्माणमा पहल थालेको पूर्ब अध्यक्ष सुर्य प्रसाद शर्माले बताए । बिगत एक महिना अघि देखि काम शुरु भएको हो ।
तुलसीपुर नगर जेसिजले चमेरे गुफा पुग्ने सडक निर्माण गरी पर्यटकको सेछ । साथै जेसिजले समयमै सडक निर्माण कार्य पुरा गर्न आग्रह गरेको छ । जेसिजले प्रत्येक महिना उक्त सडक निर्माणको निरिक्षण गर्ने अध्यक्ष भण्डारीले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।