‘चिसो मान्छे’मा अभिनेत्री स्वस्तिमाको फरक लुक



काठमाडौँ ।  नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यो चलचित्र अब आगामी वर्षको असार ३ मा रिलिज हुने भएको छ ।

यसअघि यो फिल्म आगामी वैशाख ३० गते रिलिज हुने तय भएको थियो। तर, सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै प्रदर्शन मिति सारिएको हो।

दीपेन्द्र के खनालले निर्देशन गरेको ‘चिसो मान्छे’मा शर्मिला पाण्डेले लगानी गरेकी छिन् । चलचित्रमा दीपेन्द्रकै लेखन तथा छायाङ्कन रहनेछ।

सार्वजनिक पोस्टरमा स्वस्तिमा खड्काको फरक अवतार देख्न सकिन्छ । यस फिल्ममा स्वस्तिमाको शीर्ष भूमिका रहेको छ। साथै, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन वीसी लगायतका कलाकारको अभिनय रहेको छ ।

यो चलचित्रमा स्वस्तिमा जुम्लाकी एक महिलाको भूमिकामा देखिएकी छिन् । पोस्टर सार्वजनिक भएपछि उनको लुक्सलाई लिएर स्वस्तिमाको तारिफ भइरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्