थप २ हजार ४०१ जनामा संक्रमण पुष्टि हुँदा १४ जनाको मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा १६ हजार ३५६ जनामा परीक्षण गर्दा २ हजार ४०१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

११ हजार ६०३ जनामा पीसीआर परीक्षण गरिएकोमा १ हजार ८५१ जनामा र ४ हजार ७५३ जनामा एन्टीजेन परीक्षण गर्दा ५५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप ७ हजार ७७७ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट बुधवार थप १४ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म कोभिड-१९ सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ८५२ पुगेको छ। यसै गरी हाल देशभर ३० हजार २४१ जना सक्रिय सङ्क्रमितहरू रहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्