काठमाडौँ । ६ दिनदेखि हराइरहेका काठमाडौँ गोकर्णेश्वरका एक युवकको श’व बुधवार भेटिएको छ ।
प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिकाका २७ वर्षीय शिशिर भण्डारीको श’व बुधवार गोकर्णेश्वर नगरपालिकाकै ओख्रेनी जाने बाटोमा बाग्मती किनारमा श’व भेटिएको हो।
भण्डारी २० माघदेखि हराएको भनी महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी परेको थियो । श’व भेटिएको सूचना पाएपछि प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।