दिपक बोहरा,
तुलसीपुर २७फागुन । जब झमक्क रात पर्छ, घर सुनसान बन्छ तब आफ्नो बुवाको झलझल्ती यादले सताउछ, तुलसीपुर १३ फुलवारीका ८ बर्षीय अमृत रेउलेलाई । घरमा खान पकाउने सुरसार हुँदैन्, भात पकाउनलाई चामल सकिएको हुन्छ, ७० बर्षीय हजुरआमाले नातीहरुलाई खाना खुवाउनका लागि अर्काको घरबाट चामल पैंचो मागिरहदा रेउलेलाई बुवाको याद आउँछ । ‘घरमा चामल सकिएको हुन्छ’ उनले भने ‘ तर घरमा भात पकाउनलाई चामल ल्याउन पैसा पनि हुँदैन् ।’ बिद्यालयमा शिक्षकले गृहकार्य दिएका हुन्छन्, त्यो गृहकार्य गर्ने कापी सकिदा उनलाई बुवाको याद आउँछ । आफ्नो शाहारा बनेका बुवाको मृत्यु भएपछि उमृतसंगै उनका तीनभाई अहिले बेसाहारा जस्तै बनेका छन् । घरको आर्थिक अबस्था कम्जोर छ, साँझ बिहान छाक टार्न गाह्रो पर्छ ।
सम्पतिको नाममा ऐलानीमा एउटा सानो झुपडी छ । त्यही झुपडीमा दैनीक कटाईरहेका बुवा सेतिराम रेउलेको तिहारको समयमा मृत्यु भएपछि उनका तीन छोराहरु अहिले बिचल्लीमा परेका हुन् । उनीहरुको अभिभाबकको नाममा आमा र हजुरआमा मात्रै छन् । आमा पनि मानसिक अशक्त र हजुर आमा काम गर्न सक्ने अबस्था नभएपछि उनीहरु शाहारा बिहिन जस्तै बनेका छन् । ‘आमा अशक्त हुनुहुन्छ, हजुरआमाले पनि काम गर्न सक्नु हुन्न’ उनले भने‘ अहिले सबै घरको काम हामीले गर्दै आएका छौं ।’शाहारा बिहिन अबस्था भएपछि उनीहरु तुलसीपुर १० गोलौरामा रहेको मामा घर बस्दै आएका छन् । मामा घरमा पनि ७० बर्षकी हजुर आमा मात्रै छन् । त्यहाँ पनि ती कलिला बालकहरुले आफै काम गरेर दैनिकि चलाउनु पर्ने बाध्यता रहेको छ ।‘ शाहारा बिहिन भएपछि तुलसीपुर मामा घर आयौं’ उनले भने ‘ मामा घरमा पनि हजुर आमा मात्रै हुनुहुन्छ, उहाँले काम गर्न सक्नु हुन्न्, सबै काम हामीले गर्न पर्छ ।’ तिहारको समयमा बुवाको निधन भएपछि अहिले ८ बर्षका अमृत रेउले, ६ बर्षका गोबिन्द रेउले र २ बर्षीय रेशम रेउले बिचल्लीमा परेका छन् । बुवा सेबिराम रेउलेको निधन भएपछि अहिले उनीहरु बेसाहारा जस्तै बनेका छन् । आमा पनि अशक्त भएपछि अहिले दैनिक घरखर्च कसरी चलाउन नै धौ धौ भएको छ । घर चलाउन समस्या भएपछि अहिले उनीहरु आफ्नो मामा घर बसिरहेका छन् । तुलसीपुर १० गोलौरामा रहेको मामा घरमा बस्दै आएका छन् ।
मामा घरमा पनि हजुर आमा बाहेक अरु कोही छैनन् । हजुर आमा ७० बर्ष नाघिसकेकाले घर चलाउन पनि सक्ने अबस्था छैन् । अमृत कक्षा २ मा पढ्छन्, भने गोबिन्द कक्षा १ मा पढ्छन् । उनीहरुको पढाई पनि प्रत्यक्ष रुपमा प्रभाबित भईरहेको छ । उनीहरुको आम्दानीको कुनै स्रोत नभएपछि किताब, कापी किन्न पनि धौ धौ भईरहेको छ । अर्को तर्फ घरमा आमा र हजुर आमा अशक्त भएपछि आफै खाना पकाएर खाने देखि घरका सबै काम गर्नुपर्ने बाध्यता रहेको छ । जसले गर्दा उनीहरुको पढाईमा प्रत्यक्ष असर परिरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।