आजकाे मौसम कस्तो रहला ? आगामी तीन दिनको मौसम पूर्वानुमान



२०७८ माघ २७ गते (बिहीबार)

दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बान्की भु-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बान्की भु-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

२०७८ माघ २८ गते (शुक्रबार)

दिउँसो : प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रही बान्की भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रही बान्की भू-भागको मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

२०७८ माघ २९ गते (शनिवार)

दिउँसो : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

राती : देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्