प्रचण्ड र कोइरालाबीच खुमलटारमा भेटवार्ता सुरु, एमसीसी लगायतबारे छलफल हुने



काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता सुरु भएको छ ।

नेता कोइराला भेटवार्ताका लागि आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका हुन् । उनीहरूबिच भेटवार्ता सुरु भएको छ ।

दुई नेताबिच समसामयिक राजनीतिक विषयहरू एमसीसी, स्थानीय तहको चुनावलगायतबारे छलफल हुने बताइएको छ । यी दुई नेताबिचको भेटवार्तालाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

कोइरालाले हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वालकोट पुगेर भेटवार्ता गरेका थिए । त्यस क्रममा एमसीसी, स्थानीय तह निर्वाचन र संसद्को गतिरोध अन्त्यका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा एमसीसी पास गराउन बल गरिरहेका बेला नेता कोइरालाले राजनीतिक भेटवार्तामा तीव्रता दिएका हुन् 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्