कृष्णनगर १० मा  आँखा शिविर सञ्चालनले २७३ जना लाभान्वित



कृष्णानगर  । सञ्चारकर्मी शहबाज खान र युवा व्यापारी नसरुल्लाह खांको पहल तथा नेपाल नेत्र ज्योति सङ्घ, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको आयोजना तथा प्राविधिक सहयोगमा कृष्णानगर नगरपालिका वडा नं.१० को‌ बकौली तथा अमौलीमा सञ्चालन भएको हो । 

२ दिने आँखा चेक जाच शिविरमा २७३ जनाको चेक जाँच गर्दा ६१ जना मोतिया बिन्दुका बिरामीलाई छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगंजले आफ्नै सवारी साधन प्रयोग गरी बिरामीहरूलाई अस्पताल लगी निःशुल्क आप्रेशन गर्ने तयारी गरेको र ७५ जना आँखा बिरामीलाई चस्मा तथा १२० जनालाई औषधी वितरण गरेको अस्पताल प्रशासनले बताएको छ ।

नेत्र ज्योति सङ्घ, छन्द (कालेबाबु)‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌। नारायणी आँखा अस्पताल बहादुरगंजले कपिलवस्तु जिल्ला भरिको ग्रामीण क्षेत्रमा पुगेर अस्पताल सम्म पुग्न नसक्ने गरिब पीडित असक्षम तथा वृद्धाहरूको लागि आँखा शिविर सञ्चालन गरी मोतिया बिन्दुका बिरामीहरूलाई निःशुल्क आप्रेशन, चस्मा लाग्ने बिरामीलाई निःशुल्क चस्मा तथा औषधी बाट निको हुने बिरामी लाई निःशुल्क औषधी वितरण गरेको‌ हो । 

सेवा आफैमा सराहनीय तथा प्रशंसा योग्य रहेको र कृष्णनगर नगरपालिका वडा १० का जनता लाई शिविरको माध्यमले २७३ जनालाई  दिएको सेवा प्रति अस्पताल प्रशासन, स्वास्थ्यक्रमी,तथा सहयोगीहरूलाई हृदय देखि धन्यवाद र आगामी दिनमा पनि उक्त अस्पताल बाट यस्ता कार्यक्रमहरू सञ्चालन गरी गरिब पीडित असक्षम तथा वृद्धहरू लाई सेवा तथा सहयोग गर्ने आशा रहेको संचारक्रमी शहबाज खानले बताउनु भयो। 

उक्त २ दिने आँखा शिविर कार्यक्रम सफल बनाउनाको लागि पुर्व प्रधान मनबहाल खां, दिलशाद अहमद खां,बलवन्त गुप्ता, देविदिन यादव,मुर्तुजा खां लगायतहरुको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्