बागलुङ । छोराले अन्तरजातीय विवाह गरेको भन्दै नवलपरासी जिल्ला सुनवल नगरपालिका वडा ५ मिनि बनकट्टिकि मनकुमारी क्षेत्रीलाई सासूको काजक्रिया गर्नबाट गराइएको वञ्चित छ ।
जिल्ला नवलपरासी सुनवल न.पा. वडा नम्बर ५ मिनिबनकट्टिका पवन क्षेत्री र अनिरा बि.क .को प्रेम विवाह गर्छन् । विवाह पछि एउटा सन्तान जन्माइसकेका यो जोडी र परिवारमा जातीय समस्या छैन । दुवै परिवार खुसीको बिस्तारै राम्रो चल्दै थियो ।
अचानक पवनको हजुरआमाको निधन भयो । तर समस्या पवनको हजुर आमाको मृत्यु भए पछि भयो । सबै भाइहरूले काजक्रिया बस्नुपर्ने भयो तर दलित बुहारी स्वीकार गरेको र भित्राएको भन्दै पवनको आमालाई सासूको क्रिया बस्न दिइएन ।
आज ५ दिन हुँदा पनि कमिनी बुहारी ल्याइस् अब हाम्रो कुल मा मिसाउन मिल्दैन भन्दै नराम्रो गाली गलौज गर्दै मनकुमारी क्षेत्रीलाई हिन्दु परम्परा अनुसारको उनकी सासूको अन्तिम संस्कार गर्नबाट वञ्चित गराइएको छ । उनले दलित बुहारी स्वीकार गरेको कारण क्षेत्री समुदायको सासू आफ्नै परिवारबाट विभेद खेप्नु परेको छ ।
विगत २ दिनदेखि पीडित पक्ष र केही दलित अधिकारकर्मी सहित उजुरी दर्ता गर्न जाँदा समेत प्रहरीले उजुर लिन नमानेको पीडित मनकुमारी क्षेत्रीको गुनासो छ ।
घर देखि विभिन्न सार्वजनिक स्थान सम्म खुलेआम छुवाछूत छ तर कसैले यसको विरुद्धमा आवाज उठायो भने उनीहरू स्विकार्न तयार छैनन् । हामीले छुवाछूत गरेका छैनौँ भनेर अघि सर्छन् । संविधानले जातीय छुवाछूत अपराध हो र गरे गराइएको पाइएमा कारबाही हुने भनेर लेखेको भने छ तर कार्यान्वयन हुन सकेको छैन ।
यहाँ विभिन्न बहानामा मानिसहरू छुवाछूतको सिकार भएका छन् । मान्छेलाई मान्छे भन्नेहरूलाई समाजले मान्छे बनाउँदैन यसको एउटा उदाहरण हुन नवलपरासी कि मनकुमारी क्षेत्री । तस्बिर रञ्जना कामीको फेसबुकबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।