उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका- १६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । १९ जना घाइते भएका छन् ।
दुर्घटनामा त्रियुगा नगरपालिका- १४ का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
रातापानीबाट बिहेको जन्ती लिएर जाँदै गरेको प्र २–०१–००१ त १०९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिहान १० बजे मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका–७ नागबेलीको जङ्गलमा दुर्घटना भएको थियो ।
घाइते भएकाहरूको उद्धार गरी जिल्ला अस्पताल गाईघाट ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।