आर्थिक

चुनावका लागि मात्रै ५० अर्ब बजेट माग छः अर्थमन्त्री शर्मा

By Thah Online

February 10, 2022

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि मात्रै ५० अर्ब रुपैयाँ बजेट माग रहेको बताएका छन् ।

बिहीबार आर्थिक वर्ष २०७८/७८को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि ५० अर्ब रुपैयाँ बजेट माग रहेको बताएका हुन् । शर्माका अनुसार चुनावका लागि १० अर्ब रुपैयाँ मात्रै छुट्टाइएको छ ।

‘अरू बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर चुनौती थपिएको शर्माको भनाइ छ ।

सरकारले ३० वैशाख २०७९ मा स्थानीय चुनाव गर्ने घोषणा गरिसकेको छ । चुनाव एकै चरणमा गर्ने तयारी छ । २०७९ मा प्रदेश र सङ्घीय संसद्को चुनाव गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसमा पनि ठुलो खर्च हुन्छ ।