दाङ ।पछिल्लो समय नेपाली काँग्रेस प्रति जनताको आकर्षण बढ्दै गईरहेको छ ।देउखुरीमा विभिन्न पार्टी परित्याग गर्दै काँग्रेसमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ ।
बुधबार मात्र देउखुरीका विभिन्न क्षेत्रमा गरी २ सय २४ जना काँग्रेसमा प्रवेश गरेका छन् ।
राजपुरमा ७४ जना, गढवामा १ सय र राप्तीमा ५० जना गरी २ सय २४ जना प्रवेश भएका हुन ।
नव प्रबेशीहरू अधिकाँस माओबादी केन्द्र र नेकपा एमालेका छन् ।
विभिन्न पार्टीको आस्था राखेर काम गर्दागर्दै पछिल्लो समय काँग्रेस नै देशका निम्ति चाहिने पार्टी भएको नव प्रबेशीहरु बताउँछन ।
उनीहरूलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी, दाङ क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति भेषराज पाण्डेय, महाधिवेशन प्रतिनिधिहरू जानकीलाल बस्नेत, धनपतीदेबी यादब लगायतका नेताहरूले दोसल्ला सहित अबिरले भव्य स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य योगेन्द्र चौधरीले अब काँग्रेसको बिकल्प नरहेको बताए । देशै भरी काँग्रेस प्रति देखाएको जनताको माया लाई उच्च सम्मान गरिने उनको भनाई छ । जनताको दुख सुखमा सामेल हुने बाचा सहित काँग्रेस अघि बढ्ने र जनताको भावना विपरीत काम गरेमा अर्को पटक मत माग्न नआउने क्षेत्रिय सभापति भेषराज पाण्डेले बताए । “हामी तपाईँको दुख सुखमा काम गर्छौ, तपाईँको भावना अनुसार काँग्रेसले काम गर्छ पाण्डेले भने-यदि त्यसो नगरे हामी तपाईँको माझमा आउने छैनौ ।”
पार्टी प्रवेश कार्यक्रममा राजपुर सभापति नरेन्द्र भण्डारी, गढवा सभापति किरण पौडेल, राप्ती सभापति बिद्यासरण चौधरी, क्षेत्रिय सहसचिव प्रकाश जिसी, गोबिन्द कुमार ओली, क्षेत्र नम्बर १ प्रदेश ख का सभापति दिनेश गिरी, सहसचिव कुल बहादुर बुढा मगर, राजपुर निवर्तमान सभापति शरद बुढाथोकी, गुलाम मोहम्मद, प्रदेश ख का प्रतिनिधि लोकराज केसी लगायतका थुप्रै नेताहरूको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।