आज देखि सितलपुर चोकको नाम यस्तो हुदै



 

 

सैघाली खबर,

फागुन २७, दाङ ।

तुलसीपुरस्थित सितलपुर चोकेको नाम आइतवारदेखि परिवर्तन भएको छ । आज ९आइतवार०देखि सितलपुर चोकको नाम परिवर्तन गरेर मदन आश्रित चोकमा परिनत गरिएको छ ।

हालसम्म यो चोकको नाम स्थान विषेश ९सितलपुर० वाट चिनिदै आएकोमा आजदेखि दास ढुङ्गा दुर्घटनामा ज्यान गुमाएका नेकपा एमालेका नेता मदन आश्रितको नामवाट यो चोकको नामांकरण गरिएको छ । सितलपुर चोकमा ट्राफिक विट स्थापना गर्ने बाहानामा एमालेका स्वर्गिए नेताहरुको नामबाट चोकको नामांकरण गरिएको छ । जस्लाई कतिपय सर्वसाधारणले रुचाएका छैनन् । आफुखुसी नाम परिवर्तन गर्नु अनुचित कार्य भएको नयाँ नामांकरण गरिएको चोकमा फेला परेका तुलसीपुर उपमहानगरपालिका वडा नं। १२ निवासी दिनेश चौधरीले बताए । उनले त्यसलाई जनप्रतिनिधिको मनोमानीको संज्ञा दिएका छन् ।

पुरानो सितलपुर चोकमा यो ट्राफिक विट वडा नं। ६ का वडा अध्यक्ष नवराज लामिछानेले स्थापना गर्न लगाएका हुन । वडा कार्यालयको एकलाख बजेटमा विट स्थापना गरिएको उनले बताए । त्यस्तै उक्त ट्राफिक विटको वरिपरी कालोपत्रे गर्नका लागि तुलसीपुर उपमहानगरपालिकामा थप २० हजार रुँपैंया प्रस्ताव गरिएको उनले जानकारी दिए ।

लामिछाने नेकपा एमाले बाट निर्वाचित वडा अध्यक्ष हुन । किन सितलपुर चोकको नाम परिवर्तन गरेर मदन आश्रित चोक नामांकरण गर्नुभयो रु भन्ने प्रश्न गर्दा उनले कार्यपालिका बैठकले पारित गरेको हुँदा चोकको नाम परिवर्तन गरिएको बताए ।

उनले छैठौं वा ७औं कार्यपालिका बैठकले सितलपुर चोकको नाम परिवर्तन गरि मदन आश्रित चोक लाख्ने निर्णय गरे अनुसार चोकेको नाम परिवर्तन गरिएको जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्