प्रदेश २

सर्वोपरि नेता चौधरीद्वारा दलित बस्तीमा कम्बल सहयोग 

By Thah Online

February 11, 2022

सिरहा लहान – हितकारी युवा नेता महेश चौधरीले लहान नगरपालिका वडा नम्बर २१ बेतहा जगतपुरमा अतिबिपन्न समुदायलाई कम्बल सहयोग गरेका छन्।जाडोबाट प्रभावित भएका समुदायहरूलाई निरन्तर सहयोग गर्दै आएका छन्।

उनले श्रीमती गुमाए पस्चात श्रीमती गुमाएको दिनको सम्झनामा गरेर प्रत्येक महिनाको २२ गते गरिब दलित अपाङ्ग,एकल महिला असहाय अतिबिपन्न समुदायमा समस्या अर्थात आवश्यकता अनुसारको सहयोग गर्दै आएका छन्।

सर्वोपरि नेता महेश चौधरीले आफू बाचुन् जेल सम्म समाजसेवामा आभारी रहने बाचा गरेका छन्।

सर्वमान्य नेता चौधरीको दिन चर्या नै समाजसेवा र समाजको हितमा काम गरेर दिन बितने गरेको छ। स्वर्गीय सङ्गीता कर्माचार्यकी छोरा अभिषेक ले पनि आमाको सम्झनामा बुवा सँग समाजसेवामा साथ दिएका हुन्।

लहानका विभिन्न वडा हुँदै लहान २१ बेतहा जगतपुरमा ३० घर घुरिलाई कम्बल बाडेका छन्।स्थानीय काङ्ग्रेसका वरिष्ठ नेता तथा काङ्ग्रेस बुझेका पुरानो नेता सूर्य नारायण यादवको पहमा उक्त बस्तीमा कम्बल वितरण गरेको हो।वितरण कार्यक्रममा काङ्ग्रेसको युवा नेता गोपाल कृष्ण यादवको समेत उपस्थिति रहेको थियो।

स्थानीय विद्यार्थी सत्यनारायण दासले आफ्नो समाज प्रतिको मोह बाल्यकाल देखि राख्ने गरेको सहयोगी महेश्वरी चौधरीले जानकारी दिनु भयो।वरिष्ठ नेता यादवका अनुसार यस्ता सहयोगी नेताहरूलाई हामीले सहयोग गर्नु हाम्रो दायित्व रहेको बताए।