प्रदेश २

अन्नपूर्णा नन्द मिश्र लगायत ५० जना नेकपा (एस)मा प्रवेश

By Thah Online

February 11, 2022

कृष्णानगर। नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) पछिल्लो समयमा कृष्णानगर भित्र सक्रिय हुँदै गएको छ ।

स्थानीय तहको निर्वाचनको मिति तोकिएकोसँगै नेकपा(एस)को कृष्णानगर नगर अध्यक्ष इन्तेखाब अहमद खांको नेतृत्वमा राजनीतिक क्रियाकलाप बढ्दै गएको छ।

कृष्णानगर नगरपालिका वडा नं.७ अजिगरामा अन्नपूर्ण नन्द मिश्र, करम हुसेन लगायत ५० जनाले विभिन्न पार्टी परित्याग गरी नेकपा (एस)मा प्रवेश गरेको कृष्णानगर नगर अध्यक्ष खांले बताएका छन् ।

पार्टीको सिद्धान्त मन परेर नेकपा (एस) रोजेको अन्नपूर्ण नन्द मिश्रले बताउनु भयो । विभिन्न पार्टी परित्याग गरी नेकपा(एस)मा प्रवेश गरेका सदस्यहरूलाई गोपनीयताको शपथ ग्रहण गराउँदै पार्टीले बनाएको नीति नियम भित्र रही इमानदारीपूर्वक जनताको हक हितको लागि काममा लाग्नु पर्ने सुझाव दिँदै पार्टी प्रवेश गरेका सबै सदस्यहरूमा नगर अध्यक्ष खांले बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए ।