काठमाडौं । मोडल सविता कुटु र गायक प्रदीप धमला अभिनीत नयाँ म्युजिक भिडियो ‘सुनन’ सार्वजनिक भएको छ। गायक प्रदीप धमलाको स्वर, शब्द र सङ्गीतमा रहेको यस गीतलाई भ्यालेन्टाइनको अवसर पारेर सार्वजनिक गरिएको हो। प्रेमिल शैलीको यस गीतमा शिवम रसाइलीको गीतमा सङ्गीत संयोजन रहेको छ।
अनिल कटुवालले छायाँकन र सम्पादन गरेको यस भिडियोमा द डान्स सोर्स समूहको समेत प्रस्तुति देख्न सकिन्छ। म्युजिक भिडियो ओपिडी ट्युन्स नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। भिडियोलाई दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।