काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र सीके राउत नेतृत्वको जनमत पार्टीका प्रतिनिधिहरुबीच भेटवार्ता भएको छ।
जनमत पार्टीका महासचिव चन्दन सिंहका अनुसार राउत नेतृत्वको प्रतिनिधिहरूले सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री खाँणसँग भेटवार्ता गरेको हो।
भेटमा शान्तिपूर्ण रूपमा रूपमा गरिएको आन्दोलनमा कार्यकर्ता गिरफ्तार गरिएको भन्दै जनमतका नेताहरूले उनीहरूको रिहाइ र मुद्दा सम्बोधन गर्ने विषयमा छलफल भएको महासचिव सिंहको भनाइ छ।
गृहमन्त्री खाँणसँगको भेटमा महासचिव सिंहसहित जनमतका उपाध्यक्ष नरेन्द्र चौधरीको उपस्थिति रहेको थियो । पछिल्लो समय राउत नेतृत्वको टोलीले किसान आन्दोलनको मुद्धाहरुलाई लिएर तराई मधेसमा दिनहुँ प्रदर्शन गर्दै आएको छ।
किसानसँगको सरोकारका विषयमा जनमत पार्टी आन्दोलित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।