ह’त्या आ’रोपमा फर्पिङबाट ‘अघोरी बाबा’ प’क्राउ



काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नं.६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडिबाट ह’त्याको आ’रोपमा एक अघोरी बाबा प’क्राउ परेका छन्।

नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको ह’त्या अभियोगमा गिरीलाई प’क्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

दक्षिणकाली नगरपालिका–६ फर्पिङमा बस्ने ३५ वर्षीय गिरीले चि’र्पटले हानेर ह’त्या गरेको प्रहरीले जनाएको छ ।

अघोरीको चिर्पट प्रहारबाट गम्भीर घाइते भएका व्यक्तिको मनमोहन स्मृति अस्पतालमा उपचार हुन नसकेपछि वीर ल्याइएको थियो ।
प्रहरीका अनुसार घाइते भएका उनको आज बिहान वीरमा निधन भएको थियो ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले अघोरीलाई प’क्राउ गरेको र घटनामा संलग्न रहेको अघोरीलाई मुलुकी अ’पराध संहिता ऐन, २०७४ को परिच्छेद- १२ को ‘ज्यान सम्बन्धी कसुर’ मा प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्