सभामुख महराद्वारा शपथ ग्रहण



सैघाली खबर,
काठमाडौँ, २७ फागुन ।– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई आज पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका नेता महरा शनिबार सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा भएको शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक र सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्