बजार अभावमा बारीमै सुक्यो अदुवा, छैन भण्डार र प्रशोधन केन्द्र



तेह्रथुम । तेह्रथुमका ६ स्थानिय तहका किसानले लगाएको अदुवाबाली बारीमै सुक्न थालेको छ।आम्दानीको गतिलो श्रोतको रूपमा खेती सुरु गरेका किसान निराश मात्रै होइन चुलो समेत बल्न छोडेको छ । थोरै जमिनमा पनि राम्रै आम्दानी लिन पाइने आशमा खेतीयोग्य जमिनमा अदुवा रोपेका किसानलाई खाद्य सङ्कट सुरु भएको छ ।

अस्थिर राजनीति कोभिड कारण  मूल्य गिरावट आइ निकासी ठप्प भएपछि बाहिरी व्यापारी किसानको वारिमा नपुग्दा अदुवा बारीमै सुकेको छ ।

बिर्तामोडबाट भारततर्फ निकासी हुने अदुवा विगत साल देखी  निकासी हुन छाडेपछि अदुवा किसान  थप समस्यामा परेका छन्।तेह्रथुममा उत्पादित अदुवा उत्पादित निकासी ठप्प भएपछि जिल्लाका किसानले  अदुवा बारीमै सुकेको छ।२ वर्ष अघि ७५देखी ८० रुपया सम्ममा बिक्री भएको अदुवा कोरोना सँगै निकासी ठप्प हुँदा बारीमै सुकेको छ । अदुवा निकासी ठप्प हुँदा किसानलाई खाद्य,लता कपडा जोहोमा समस्या मात्रै होइन भोक भोकै बस्नु पर्ने अवस्था छ । तेह्रथुममा किसानले १ रोपनी प्रति व्यक्ती ३० रोपनी सम्म अदुवा खेती लगाएका छन् । जिल्लामा किसानले  उत्पादित अदुवा गुणस्तरीय भएको हुँदा तराई हुँदै भारतीय बजारको भान्सा औद्योगिक क्षेत्रमा समेत राम्रै बजार जमाएको कारण भारतीय र तराईका व्यापारी असोज कार्तिक तिर नै किसानको बारीमा पुग्ने गरेका थिए।निकासीमा ठप्प भए सँगै बारीको अदुवा किसान निल्नु न ओकल्नु भएको छ ।

अदुवा बिक्री नहुँदा त्यो स्थानमा किसानले अन्य बाली समेत लगाउन पाएका छैन । जसको कारण खाद्य सङ्कट निम्तिने किसानमा चिन्ता छ। रोजी रोटीको लागि विदेशिनु भन्दा खाली रहेका नाङ्गो पाखा पखेराबाट आम्दानी लिई परिवारको शिक्षा,स्वास्थ्य आमदानी लिने किसान निराश बनाएको बताउँछन् । अदुवाको बजार मूल्य राम्रै पाउन थाले सँगै साहु सङ्घ संस्था सँग चर्को व्याज  ऋण काढेर अदुवा व्यवसायमा लागेका  किसान  लगानी डुब्ने चिन्तामा छन् । तिन तहका सरकार छन् । स्थानीय सरकारले कृषि उत्पादनलाई हेरी पकेट क्षेत्रको विकास गर्छन् तर उत्पादक सामाग्रीको  बजारीकरण नगर्दा किसान थप समस्या परेका छन् । राज्यले किसानले उत्पातिक सामाग्रीको बजारी करण को व्यवस्था गरे नागरिकले खाली  नाङ्गा पाखामा पौरख साटी  पसिनामा पैसा साटने थिए ।

सरकारले पटेक व्लक रूपमा  विकास गर्ने तर भण्डारण र प्रशोधन केन्द्र स्थापना नगर्दा किसान मारमा छन्।कृषिमा सरकारले बजेट व्यवस्थापन गरे पनि कनिका छरे झैँ बजेट छर्दा किसान झनै मारमा छन् । जो वास्तविक किसान हुन उनीहरूको हातमा अनुदान पुग्दैन।जसले व्यावसायिक किसानलाई थप समस्या थपेको छ।कृषि उपज सामाग्रीको बजारीकरण अभावको कारण किसानको वारिमै सकेर जाने अवस्था छ।स्थानीय सरकारको जनताको आँगनमा छ कृषिको केही हिंसा बजेटमा भण्डारण केन्द्र स्थापना गर्न सक्छ तर कनिका छरे झैँ बजेट कार्यकर्तालाई छर्न उद्त छन् स्थानीय सरकार ।

प्रशोधन केन्द्रको स्थापना समेत सरकार लागेको छैन । अदुवाबाट जाम मसला जन्य सुठो निर्माण गर्न सकिन्छ ।

जिल्लामा उत्पादित अदुवालाई प्रशोधन गरी बजारसम्म पुर्‍याउने प्रशोधन केन्द्रको अभाव छ । यातायातको सुविधा नहुँदा त्यतिकै खेर जाने अदुवा गाउँ गाउँमा पुगेको सडकले बजारसम्म पुर्‍याउन सहज भएको थियो । तेह्रथुममा २ सय ७० हेक्टरमा अदुवा खेती हुँदै आएको कृषि ज्ञान केन्द्र धनकुटाका कृषि प्राविधिक विशाल राईले जानकारी दिएका छन् । केन्द्रका अनुसार आर्थिक वर्ष ०७७|०७८ मा ४ हजार ५० मेट्रिक टन अदुवा उत्पादन भएको थियो । यस वर्ष भने ३९ सय ४२ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ ।

जाडो मौसममा धेरै रुचाइने अदुवा नेपाली भान्सामा चियामा राखेर खानुका साथै तरकारीमा राखेर पनि खाइन्छ । साथै, अदुवा हालेर जाडोमा सुप खाँदा पनि निकै फाइदा जनक छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्