प्रत्यक्ष दोहोरी कलाकार संघ नेपालको अध्यक्षमा रविन लामिछाने सर्वसम्मत चयन



काठमाडौँ । प्रत्यक्ष दोहोरीमा सक्रिय कलाकारहरूको छाता सङ्गठन ‘प्रत्यक्ष दोहोरी कलाकार सङ्घ’को अध्यक्षमा लोक तथा दोहोरी गायक रविन लामिछाने चयन भएका छन् ।

विगत एक दशक भन्दा बढी समय देखी दोहोरी क्षेत्रमा अव्वल रूपमा चिनिएका लामिछाने विभिन्न सङ्घ संस्थामा आबद्धता हुँदै आएका छन् , लामिछाने अहिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वयन समितिका प्रवक्ता एवम् गोरखा सांस्कृतिक समाजका महासचिव पदमा रहेर काम गरिरहेका छन्

शनिवार भएको सङ्घको पहिलो अधिवेशनले लामिछानेको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति चयन गरेको हो । थुप्रै लोक दोहोरी गीतमा स्वर दिएका लामिछाने प्रत्यक्ष दोहोरीमा अब्बल गायक मानिन्छन् ।

अधिवेशनले संस्थाको वरिष्ठ उपाध्यक्षमा बबिता बानियाँ ‘जेरी’, प्रथम उपाध्यक्षमा बालचन्द्र बराल, उपाध्यक्षमा श्याम राना, चिज गुरुङ, सुमन परियार, उपाध्यक्ष (महिला) मीना बुढाथोकीलाई चयन गरेको छ । त्यस्तै, महासचिवमा प्रकाश पराजुली, उपमहासचिवमा रेशम निर्दोष, सचिवमा वसन्त विक, महिला सचिवमा टीका सानु, कोषाध्यक्षमा मानसिंह खड्का र सहकोषाध्यक्षमा सुमन थापा चयन भएका छन् ।

सदस्यहरुमा भीम पौडेल, सविन आचार्य, प्रीतम पोखरेल, बालकुमार श्रेष्ठ, शोभा कार्की, शंकर क्षेत्री, अस्मिता डल्लाकोटी, रीता राउत, तारा थापा, सुष्मा ठकुरी, जीवन सिग्देल, अमृता लामिछाने, रत्न श्रेष्ठ, टेकराज भण्डारी, निशान्त विक, जीवन कँडेल, सुमन खड्का, विवेक धिताल चयन भएका छन् ।

यस्तै डिलबहादुर तिरुवा, हेमन्त खत्री, पवित्रा सर्तुङ्गी मगर, राम परियार, गणेश कँडेल, प्रसन्न पाठक, दिलीप विक, प्रकाश रसाइली, प्रकाश परियार, लक्ष्मण पौडेल, वीरसिंह सुनार, शर्मिला बीसी, कामना ओली, धिरज कोइराला, सविन कोके गुरुङ, अमृत सापकोटालाई चयन गरिएको छ । लाइभ दोहोरी गाउने कलाकारहरूको हकहितसँगै लाइभ दोहोरीमा देखिएका विकृति विसंगतिविरुद्ध संस्थाले काम गर्ने जनाइएको छ ।

इन्द्रेणीका सञ्चालक एवम् समाजसेवी कृष्ण प्रसाद कंडेलको प्रमुख आतिथ्यता, रविन लामिछानेको सभापतित्व रहेको कार्यक्रमलाई गायक बालचन्द्र बरालले सञ्चालन गरेको  थियो  | अग्रज गायक इन्द्र जिसी ,बद्रि पराजुली , विनोद श्रेष्ठ, पत्रकार सुमन पण्डित, सुनिल लामिछाने लगायतका बिशिस्ट अतिथि सहित अन्य धेरै लाइब दोहोरिसंग सम्बन्धित सञ्चालकहरू अतिथिको रूपमा उपस्थित रहेको थियो । कार्यक्रम निकै सभ्य र सौहार्दपूर्ण तरिकाले सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्