जनसांस्कृतिक महासंघद्धारा कैलाली घटनाको बिरोध



 

 

सैघाली खबर

काठमाडौं, फागुन २७ । बोक्सीको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–५ की राधा चौधरीलाई गरिएको अमानवीय व्यवहारप्रति जनसांस्कृतिक महासंघ नेपालले घोर आपत्ति जनाउँदै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।

महासंघले कारबाहिको माग गर्दै महासंघले आज गृहमन्त्री राम बहादुर थापालाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझदै गृहमन्त्री थापाले जति सक्दो चाडै अपराधिलाई कानुनको कठघरामा उभ्याउने बताए ।

झारफुक गर्ने बहानामा आफूलाई भोलेबाबा भन्ने रामबहादुर चौधरीले बोक्सीको आरोप लगाएर गरेको अमानवीय हर्कतले कानुनी राज्यको धज्जी उडाएको महासंघका अध्यक्ष सरल सहयात्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २४ फागुन अर्थात् मार्च ८ कै दिन बोक्सीको आरोपमा निरन्तर पाँच घण्टासम्म निर्घात कुटपिट गरेर २१ औँ शताब्दीमा पनि पाशविक व्यवहार देखाउने रामबहादुरसहित अन्य अपराधीलाई सख्त कारबाहीको माग गर्दै कानुनी राज्यको आभास जनतालाई दिलाउन महासंघले सम्बन्धित निकायसँग माग गरेको छ ।

उक्त घटनाको प्रहरीले उजुरी लिन नमान्नु, जनताका प्रतिनिधिका रूपमा नगरपालिकाका मेयर ममताप्रसाद चौधरी र सम्बन्धित वडाका अध्यक्ष प्रेम रोकायाले कानुनको धज्जी उडाउँदै ‘कुरा मिलाएर’ उक्त घटनालाई सामसुम पारेर अपराधीलाई संरक्षण गर्न कोशिस गर्नु आफैँमा दण्डनीय कार्य रहेको विज्ञप्तिमा जनाइएको छ ।
बोक्सीको आरोप कसुर र सजाय ऐन २०७२ मा कुनै पनि महिलालाई अपमान र दुव्र्यवहार गर्न नपाइने र त्यसो गर्ने पीडकलाई दण्ड र संजायको व्यवस्था गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्