महेश खड्कासँग वसन्तले सापकोटाले मागे माफी



काठमाडौँ ।  ‘नोगेन’ गीतका सङ्गीतकार महेश खड्कालाई सङ्गीत चोरीको आ’रोप लगाउने सङ्गीतकार वसन्त सापकोटाले माफी मागेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महेशसँग आगामी दिनमा केही असमझदारी देखा परे मिलेर समाधान गर्नेगरी माफी मागेका हुन् ।

उनले फेसबुकमार्फत भनेका छन्, ‘सबैलाई नमस्कार जानी नजानी मानिसबाट गल्ती हुन्छ ! कुराहरू जति धेरै बढाउँदै लग्यो त्यति नै बिग्रँदै जाने हुनाले मबाट केही गल्ती भएको छ भने सबै जना सङ्ग माफी माग्दछु !! सुषुप्त मनभित्र कहिले काहीँ राम्रो धुनहरू बस्न जान्छ कहिले काहिँ एकै खालका शब्दहरू आउँदा धुन पनि मिल्न जान्छ यही कुरालाई हृदयङ्गम गर्दै आदरणीय दाजु महेश खड्का सङ्ग आगामी दिनमा केही असमजदारि देखा परे मिलेर समाधान गर्नेगरि मेरो तर्फबाट पर्न गएको असुविधाप्रति माफी चाहन्छु !’

वसन्तले गायक प्रमोद खरेल र बाल गायिका रुक्साना लिम्बूले गाएको ‘नोगेन’ बोलको गीतको सङ्गीत केही अंश चोरेको आरोप लगाएका थिए ।

वसन्तले सङ्गीत चोरीको आरोप लगाएपछि महेशले पत्रकार सम्मेलन गर्दै प्रमाणित गरेर देखाउन र नत्र मानहानिको मुद्दा हाल्ने चेतावनी दिएका थिए ।

पछिल्लो समय नेपाली गीत सङ्गीत र शब्द चोरीको आरोप प्रत्यारोपको क्रम चलेको छ । केही दिनअघि गायिका रचना रिमालले अन्जु पन्तले गाएको गीत ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ गाएपछि गायिका रिमाल विवादमा आएकी थिइन् । 

यस्तै, गायक दुर्गेश थापा ‘पैसा’ नामको गीतमा प्रयोग भएको शब्दका कारण निकै आलोचित बन्नुपरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्