काठमाडौँ । शङ्कर थापा ‘स्माइल’को सङ्गीत र मेलिना राई र पूर्ण लामिछानेको युगल गायनमा रहेको डान्सिङ भर्सनको ‘माया लाईदेउन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा स्वयम् गायक लामिछाने शब्द रहेको छ। सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन्। भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। म्युजिक भिडियोमा पल शाह र वर्षा राउत बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।
पबी भट्टराई निर्मात्री रहेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘नमस्ते प्लस’ नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। भिडियोलाई छोटो समयमा सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।