मसुरीया (देउखरी दाङ) । राप्ती गाउँपालिकामा सञ्चालनमा रहेको घटना व्यवस्थापन तथा आधारभूत सहायता सिप सम्बन्धी तिन दिने अभिमुखीकरण तालिमको समापन गरिएको छ ।
ब्यकवार्ड सोसाइटी एजुकेसन बेसको आयोजनामा राप्ती गाउँपालिकाका बालबालिका तथा महिला सहकारीका प्रतिनिधिहरूलाई अभिमुखीकरण गरेको हो ।
आइतबार गाउँपालिका उपाध्यक्ष जगदम्बा कुमारी चौधरीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यता, शिक्षा प्रमुख विश्वास विकको विशिष्ट आथित्यतामा घटना व्यवस्थापन तथा आधारभूत सहायता सिप सम्बन्धी तिन दिने अभिमुखीकरण तालिमको समापन गरिएको हो ।
तालिममा जोखिममा परेका तथा सहयोगको आवश्यकता भएका बालबालिका र परिवारको पहिचान पश्चात् उनीहरूलाई आवश्यक सहयोग तथा सेवा प्रत्यक्ष रुपमानै उपलब्ध गराउने वा अन्य उचित निकायमा सिफारिस गरी सोबाट सेवा पूर्ण रूपमा प्राप्त गराउने प्रक्रिया बारे जानकारी दिइएको थियो ।
घटना व्यवस्थापन तथा आधारभूत सहायता सिप सम्बन्धी प्रशिक्षण बेसका क्षेत्रीय सचिव पटवारी यादव, समाज परिचालक चन्द्र कला रोका र खगिसरा खड्काले दिनुभएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।