राप्ती अंञ्चल यातायात व्यवसायी समितिको बिबाद चुलिदै



 

 

सैघाली खबर

दाङ,२७ फागुन । राप्ती अंञ्चल सार्वजनिक यातायात व्यवसायी समितिको बिबाद चुलिदै गएको छ । समितिमा नयाँ नेत्रित्व आएसंगै विवाद चुलिएको हो । अधिवेशनबाट नयाँ नेत्रित्व चयन गर्ने विषयमा राजनितिक भागवण्डा नमिल्दा बिवाद बाहिर आएको जनाँएका छन् ।समितिको बरिष्ठ उपाध्यक्ष पदमा कुरा नमिल्दा बिवाद चुलिएको समितिका पूर्व उपाध्यक्ष बामदेव खनालले वताउँनुभयो । खनालले तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै नेत्रित्व चयनका विषयमा समितिका अध्यक्ष सुरेश हमालले बेईमानी गरेको वताउँनुभयो । मैले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी थियो भन्नुभयो ।

मलाई बरिष्ठ उपाध्यक्ष राख्ने भद्र सहमति हुदा हुदै पनि एक्कासी अर्काे व्यक्तिलाई बरिष्ठ उपाध्यक्ष पदमा अध्यक्षले ल्याएर राख्नुभयो यो नै गलत भयो भन्नुभयो ।समितिको नयाँ नेत्रित्व चयनमा पनि राजनितिक दलले भागबन्डा नै गरेका थिए । अध्यक्ष र बरिष्ठ उपाध्यक्षलाई काँग्रेस र खनाललाई एमालेले सहयोग गरेको थियो । खनाललाई बरिष्ठ उपाध्यक्ष बनाउँनका लागि एमालेका अध्यक्ष टीकाराम खड्काले नै लविङ गरेको खनालले जानकारी दिनुभयो । एमाले अध्यक्ष टीकाराम खड्का र समितिका अध्यक्ष सुरेश हमाल र आफु बिच भद्र सहमति हुदा हुदै पनि अध्यक्ष हमालले सहमतिलाई लत्याएर हिडेको खनालको आरोप छ ।

सहमतिको नाटकमा गरेर आफु अनुकुलको नेत्रित्व ल्याउँन अध्यक्ष हमाल लागि परेको आरोप छ । नेत्रित्वको सिन्डिकेट अन्त्य गर्न जरुरी रहेको वताउँदै समितिको पारदर्शीता माथि नै प्रश्न उठेको वताउँनुभयो । यस विषयमा कुरा गर्दै समितिका अध्यक्ष सुरेश हमालले खनालले निर्वाचनमा पराजय भोगेपछि विभिन्न बाहना बाजी गरेको वताउँनुभयो । मतको सबैले कदर गर्नु पर्छ त्यसैले उहाँले निर्वाचन जितेको भए उहाँ आउनु हुन्थ्यो निर्वाचनमा पराजय भोग्नु भयो उहाँ आउँनु भएन यो सामान्य विषय हो भन्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्