गायक रामकृष्ण ढकालको गीत ‘तिम्ले बोल्ने बोली’ सार्वजनिक



काठमाडौं । कर्णप्रिय स्वरकाधनी गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘तिम्ले बोल्ने बोली’ बोलको नयाँ गीत ‘भ्यालेनटाइन डे’ को छेको पारेर सार्वजनिक भएको छ ।

आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा दीपक शर्माको सङ्गीत र नेत्र कोइराला ’आकाश’ को शब्द रचना रहेको छ । प्रेम भाव बोल्ने गीतको भिडियोमा आकाश श्रेष्ठ र खुश्बु खड्काले अभिनय गरेका छन् । चलचित्रका निर्देशक समेत रहेका सुव्रत आचार्यले गीतको भिडियोको निर्देशन गर्नुभएको छ ।

भिडियो सार्वजनिक कार्यक्रममा गायक रामकृष्ण ढकालले गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गर्नुभयो । ‘तिम्ले बोल्ने बोली’ ले ‘भ्यालेनटाइन डे’ विशेष बनाउन सक्ने बताउँदै उनले आफ्नो लागि पनि यो गीत विशेष रहेको बताउनु भयो ।

गीत सार्वजनिक कार्यक्रममा नेपाल साङ्गीतिक सङ्घका अध्यक्ष मिलन मोक्तान, नेपाल हाउसका अध्यक्ष रुद्र शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रामकृष्ण ढकालले स्वर्गीय भारतीय गायिका लता मंगेशकरलाई सम्झिँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले १० वर्ष अगाडि लतासँग ‘बाचुन्जेलीलाई’ गीत गाउनुभएको थियो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्