आर्थिक

नेपाल टेलिकमको भ्यालेन्टाइन डे अफरः ४९ रुपैयाँमा अनलिमिटेड कल र डाटा

By Thah Online

February 14, 2022

काठमाडौँ । आज विश्वभर मनाइने प्रेम दिवसको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ।

यो अफर मंगलबार उपलब्ध हुनेछ । अफर अन्तर्गत ४९ रुपैयाँमा एक एमबिपिएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा डे कम्बो अफर उपलब्ध हुनेछ । सो अफर स्टार १४१५ स्टार११ह्याच डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ।

यसै गरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ।

साथै, भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा बोनसको रूपमा निःशुल्क उपलब्ध हुनेछ।