प्रदेश ४

हिउँ खेल्न गएका दुई किशोर मृत फेला

By Thah Online

February 14, 2022

गोरखा । गोरखामा हिउँ खेल्न गएका दुई किशोर मृत फेला परेका छन् । गएको ११ दिनदेखि हराइरहेकाबारपाक सुलिकोट गाउँपालिका १ बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै साइँला भनिने सञ्जय घले मृत भेटिएका हुन् । दुवै साथी हुन्।

उनीहरू आइतबार बेलुका सुलिकोट वडा नम्बर १ को तिम्रा भन्ने ठाउँमा खोँचमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले जानकारी दिए ।

घटनास्थलको अवस्था हेर्दा उनीहरू हिउँ परेको समयमा डाँडाबाट लडेर खोँचमा पुगी ज्यान गएको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ ।

थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका अधिकृतसहितको टोली घटनास्थलतर्फ गएको डीएसपी दाहालले बताए ।

उनीहरु माघ २० गते हिउँ खेल्न भन्दै धार्चे गाउँपालिकास्थित लाप्राक हिँडेका थिए। फर्केर नआएपछि स्थानीय र आफन्त सोही दिन खोज्न हिँडेका रहेछन्। आफन्तले प्रहरीलाई भने तीन दिनपछि मात्रै खबर गरेका थिए। आफन्तले उजुरी दिनासाथ प्रहरीले उनीहरूको खोजी थालेको थियो।