चिरपटले हानेर आमाको ह’त्या गर्ने छोरा प’क्राउ



मोरङ। आफ्नै ७० वर्षीया आमा चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी ह’त्या गरेको आ’रोपमा प्रहरीले उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ने ३५ वर्षीय गंगा प्रसाद भण्डारीलाई प’क्राउ गरेको छ ।

उनलाई आइतबार राति प’क्राउ गरिएको प्रहरीले जनाएको छ । घरायसी बिवादको क्रममा उनले आफ्नै आमालाई चिरपट प्रहार गरेको प्रहरीले जनाएको छ ।

भण्डारी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई प’क्राउ गरेको थियो । गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्