प्रदेश २

आगो तापिरहँदा उछुट्टिएर शरीरमा सल्किएपछि…

By Thah Online

February 14, 2022

सर्लाही ।  आगोमा जलेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ । बागमती नगरपालिका–८ गिरी टोल बस्ने ६५ वर्षीय रामअशिष साहको आइतबार आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  साह परिवार घरका केही सदस्यसहित आइतबार राति घरमै सुतेका थिए ।

आफ्नै घरको आँगनमा आगोले जलिरहेका अवस्थामा साह फेला परेका थिए । शरीरमा आगोमा दन्किरहेको देखेपछि छिमेकीले तत्कालै पानी हालेर आगो निभाएको बताएका छन् ।

प्यारालाइसिसका बिरामी साहको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।