दाङ । एमसीसी सम्झौता खारेजको माग र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै राजमो राजपुर द्वारा रयाली सहित आज दुलैयामा विरोध सभा सम्पन्न गरेको छ ।
राजपुर ५ जंग्रहवा बाट सुरु भएको विरोध जुलुसमा नेकपा मसाल जिन्दाबाद, राष्ट्रिय जनमोर्चा जिन्दाबाद, एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय साम्राज्यवाद मुर्दावाद, माक्सबाद लेनिनबाद माओसेतुग विचारधारा जिन्दाबाद, स्थानीय सत्ताको दुरुपयोग बन्द गर, दुलैयाका स्थानीय सुकुमबासहरूको उठीबास लाउने कार्य तुरुन्त बन्दा गर जस्ता गगन भेदी नारा सहित पार्टीको झण्डा बोकेका दर्जनौँ नेता कार्यकर्ता सम्मिलित एक र्याली दुलैया चोकमा पुगेर कोणसभामा परिणत भए को थियो ।
विरोध सभालाई राजमो दाङका सदस्य तथा विरोध सभाका प्रमुख वक्ता कपिलदेव खनालले सम्बोधन गर्दै अमेरिकी सहयोग परियोजना एमसीसी लागु गराउन पटक पटक डेलिगेसन आए पनि उनीहरू सफल नभएको बताउनु भयो ।
कोण सभालाई राजमो दाङका उपाध्यक्ष महेश रिजाल एरिया सदस्य टेकबहादुर बुढामगर ,अखिल (छैनौ) दाङ जिल्ला सचिव तथा राष्ट्रिय परिषद् सदस्य दिनेश रैदास , जातीय समता समाज दाङ जिल्ला सदस्य राजकुमार विक , अखिल नेपाल जनजाति सम्मेलन राजपुर का सल्लाहकार तथा विरोध सभाका सभापति जसबहादुर घर्ती , सुर्जमाया घर्ती समेतले सम्बोधन गर्नु भएको थियो। । साथै कार्यक्रमको सञ्चालन राजमो राजपुर एरिया सचिव मनकुमार रानाले गर्नु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।