अनेरास्वविय –क्रान्तीकारी) को २१ औं राष्ट्रिय सम्मेलन, नेपालमा अब एउटा क्रान्ती वाँकी छ ः बुढा



गिरिराज नेपाली
दाङ , २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटि सदस्य तथा जन परिषद प्रमुख सन्तोष बुढा मगरले नेपालमाल अब एउटा क्रान्ती वाँकी र त्यसको आव्रश्यकता रहेको बताउनुभएको छ । अनेरास्ववियुको २१ आंै राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै आईतवार दाङको घोराहीमा उहाँले यस्तो बताउनुभएको हो । संसदिय व्यवस्थाले समाजवादको ल्याउन नसक्ने भन्दै एकिकृत जनक्रान्ती नेपालले चाहेको त्यो समयको पनि माग गरेकाले मुलुक परिवर्तनका लागि क्रान्ती आवश्यक्ता र सम्भव देखिएको पनि उहाँको भनाई छ । एकिकृत जनक्रान्तीले संसदिय अन्त्य गरी बैज्ञानिक समाजवादको विकासका लागि क्रान्ती आवश्यकता देखिएको छ ।

अनेरास्ववियुका केन्द्रिय अध्यक्ष पुर्ण सिंहको अध्यक्षता तथा नेकपा स्थायी कमिटि सदस्य तथा जन परिषद प्रमुख सन्तोष बुढा मगरको प्रमुख आतिथ्यताका सम्पन्न कार्यक्रममा उहाँले मुलुकले लामो समय युद्ध र अस्थिरता खेप्दै आईरहयो , अब संसदिय व्यवस्थामा भागवडा लगाउने काम शुरु भएको छ । तर त्यो भागवडा आफुहरुका लागि कदापी मान्ने नहुने भन्दै मुलुक स्वाधिनता , शान्ती समृद्धि र समनताका लावि एकिकृत जनक्रान्ती सहितको वैज्ञानिक समाजवादको विकास अब नयाँ अभियान रहेको उहाँले बताउनुभयो ।

मुलुक विकृति , भष्ट्राचार, स्वाधिनताको रक्षा , नेपाली पहिचान र मुलुकको सम्पत्ती लुटिरहेको छ । तर उनै संग राष्ट्र चालकहरु ज्यु हजुरका गरिरहेका छन । देशको सिमा मिचिएको छ । तर सरकार निरही छ । भष्ट्राचार मौलाएको छ । तर सरकारले देख्दैन । त्यहि कुराका अन्त्य राष्ट्रिय एकताको सन्देश दिन हामीले चाहेका छौ । तर सरकारले आफुहरु दमन गर्छ भन्दै उहाँले भन्नुुभयो – ‘ सरकार सक्छस भने सिमा मिच्ने र देश बेच्ने लाई पक्राउ गर ! ’ मुलुक स्वाधिनता रक्षा , भष्ट्राचारको अन्त्य , शान्ती र समृद्धिका कुरा र शान्ती पूर्वक जनता सम्म हाम्रा कुरा राख्न पाउने प्र्रत्येकको अधिकार रहेको पनि उहाँले औल्याउनुभयो । उहाँले भन्नुभयो – ‘ दमन भए , प्रतिरोध पनि हुन तर हामीले त्यो वाध्यता नपारिओस । उहाँले मुलुक परिवर्तनका लागि नेपाल अझै एउटा क्रान्ती आवश्यक रहेको औल्याउदै भन्नुभयो – ‘ जुन क्रान्ती जनताको क्रान्ती हो । ’ जसले विभेद , अन्याय , समानता , शान्ती , समृद्धि विकास गरी स्वाधिनताको रक्षा आफैले गर्ने छ ।

कार्यक्रममा नेकपा पोटिव्युरो सदस्य ओम पुनले मुलुकमा वर्ग संघर्षको अझै अन्त्य नभएको टिप्पणी गर्नुभयो । गरीव वर्ग लाई भजाई धनीवर्गहरुले वर्ग संघर्षको गीत गाईरहेकाले मुलुकमा धनीको वर्ग सकिएको होला तर गरीव भित्रको अझै सकिएको छैन । जसका लागि समानता सहितको समृद्धि अबको आवश्यकता हो । उहाँले नेपालमा बहुदलिय व्यवस्था आएको २७ वर्षमा २५ वटा सरकार फेरिए तर उपेक्षित उत्पीडित वर्ग समुदायको अवस्था अझै फेरिएन । जसका कारण हामीले व्यवस्थाको र जनताको जीवनको परिवर्तन चाहेको हौ ं । हाम्रो लडाई वंली , दाहाल ,देउवा र उनका प्रहरी प्रशासन संग होईन हाम्रो लडाई उनीहरुले चलाउने व्यवस्था संग हो । जसका कारण आफुहरु माथि गरिरहेको दमनको तुरुन्तै हटाउनुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रको सम्पत्तिको संरक्षण , शान्ती समृद्धि र स्वाधिनताका लागि जनक्रान्तीको वाटो मुलुकले खोजेको उहाँले बताउनुभयो । कार्यक्रममा नेकपा केन्द्रिय सदस्य विद्यार्थी फ्याँक्सन प्रमुख कृष्ण अधिकारी , शहिद वेपता परिवारको केन्द्रिय अध्यक्ष राम वहादुर थापा, अनेरास्ववियु पाँचौका महासचिव कपिलदेव पोख्रेल , अनेरास्ववियु –क्रान्तीकारी) का केन्द्रिय सदस्य राम वहादुर महरा र अखिल नेपाल महिला संघ क्रान्तीकारीका अध्यक्ष बन्दु चन्द लगाएतकाले ्ुशुभकामना मन्तव्य व्यक्त गनृुभएको थियो । सम्मेलनकोे ¥यालीले घोराही बजार परिक्रममा गरी कर्मचारी मिलन केन्द्रमा पुगेको थियो । सम्मलेनमा हजारौ विद्यार्थीहरुको सहभागीरहेको थियो । सम्मेलन बुधवार ३० गते सम्म सञ्चालन हुने छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्