राजेश हमालको ‘हजुर मुसुक्कै’ २४ घण्टा नपुग्दै ट्रेन्डिङमा (भिडियो)



काठमाडौं । अभिनेता राजेश हमाल फिचर्ड गीत ‘हजुर मुसुक्कै’ले श्रोता-दर्शकको अत्यधिक माया पाइरहेको छ । आइतबार मात्रै रिलिज गरिएको गीतको भिडियो रिलिजको २० घण्टाभित्रै ट्रेन्डिङमा परेको छ ।

राजेश हमाल, निरुता सिंह, प्रियाना आचार्य, झकेन बीसी, सुरवीर पण्डित, प्रिन्सी विश्वकर्मा र सन्तोष मग्राती फिचर्ड गीतले २४ घण्टा नपुग्दै ट्रेन्डिङ ५ मा स्थान बनाएको हो । सुरेश अधिकारीको शब्द र सङ्गीत रहेको गीतमा रचना रिमाल र कृष्ण विकको आवाज छ । गीतको भिडियोमा अभिनेता हमाल दरबारको राजाका रूपमा फिचर्ड छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्