रेखा थापाले गरिन् विवाह !



काठमाडौँ । अभिनेत्री रेखा थापा दोस्रो पटक विवाह बन्धनमा बाँधिएकी छन् । अमेरिका बस्दै आएका बलराम शाहीसँग केही दिनअघि उनले काठमाडौँ जिल्ला अदालतमा पुगेर अदालती विवाह ‘कोर्ट म्यारिज’ गरेकी हुन् ।

नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री रेखा थापाको यो दोस्रो विवाह हो । थापा र शाही लामो समयदेखि प्रेममा थिए। ४० वर्षीय शाही ठकुरी हाल अमेरिका बस्दै आएका छन्। उनीहरूले काठमाडौँ जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्।

यसअघि निर्माता छविराज ओझासँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्ध विच्छेदमा टुङ्गिएको थियो । प्रेमको चर्चा चले पनि रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउँदै आएकी थिइन् ।

 २०५६ सालमा चलचित्र ‘हिरो’बाट डेब्यु गरेकी रेखाले एक दशकसम्म चलचित्र क्षेत्रमा राज गरिन् । हाल भने उनी चलचित्रभन्दा राजनीतिमा बढी सक्रिय देखिन्छिन् । उनी हालसालै भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महिलातर्फबाट महामन्त्री उम्मेदवारी दिएकी थिइन् । शाही भने पर्यटन व्यवसायी हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्