अब अन्तिम धक्का दिन्छौ बुढा
सैघाली खबर
दाङ,२७ फागुन ।बैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि २१ औं राष्ट्रिय सम्मेलन भन्ने मुल नाराका साथ अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन दाङमा सुरु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढा मगरले पुँजीवादको अन्त्यका लागि अब अन्तिम धक्का दिने समय आएको वताउँनु भएको छ । दाङको घोराहीमा सुरु भएको अखिल क्रान्तिकारी को २१ औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै नेता बुढाले यस्तो वताउँनु भएको हो ।वैज्ञानिक समाजवाद नआउदा सम्म विद्यमान समस्याको हल नहुने बताउँदै बैज्ञानिक समाजवादका पार्टीले एकीकृत जनक्रान्ति गर्न लागेको समेत बताउँनुभयो ।
बर्तमान सरकार दलाल, पुँजीपतिहरुको हातमा भएको भन्दै उहाँले शान्ति, समृद्धि, राष्ट्रिय स्वाधिनता समानताका लागि वैज्ञानिक समाजवाद अपरिहार्य रहेको बताउँनुभयो ।दलाल पुँजीवादमा राष्ट्रियता, जनताका गास, वास, शिक्षा, स्वास्थ्य, रोजगारी, आवश्यकता पूरा नहुने भन्दै बुढाले एकिकृत जनक्रान्तिले सबै समस्या समाधान गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका बुढाले छिटै एकिकृत जन क्रान्तिको सुरु गर्ने बताउँनुभयो ।शान्तिपूर्ण भेला तथा कार्यक्रम गर्न लाग्दा नेकपाका नेता कार्यकर्तालाई पक्राउ गर्ने, द्वन्द्वकालिन मुद्धा लगाउने सरकार कुनै पनि हालतमा लोकतान्त्रिक हुनन सक्दैन बुढाले भन्नुभयो ।सम्मेलनमा देशभरका ४०० प्रतिनिधि प्रवेक्षकहरु सहभागी रहेको आयोजक पक्षले जानकारी दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।