टप फिचर

देउखुरीको पाखापानीमा टिप्परको ठक्करबाट दूध बेच्न हिडेकी महिलाको घटना स्थलमै मृत्यु 

By Thah Online

February 15, 2022

भालुवाङ । दाङ देउखुरीमा एका विहानै दुखद घटना घटेको छ । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा टिप्परको ठक्करबाट दूध बेच्न हिँडेकी एक महिलाको घटना स्थलमा मृत्यु भएको छ ।

आज बिहान सवा ६ बजेको समयमा पूर्वबाट पश्चिम जाँदै गरेको रा १ क १२८६ नम्बरको टिप्परले ठक्कर दिँदा राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला निवासी ३५ वर्षीय डिला पौडेलको घटना स्थलमै मृत्यु भएको रेडियो राप्ती तथा राप्ती टेलिभिजनका वरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्कीले जानकारी दिएका छन् ।

साइकलमा दूध बेच्न भालुवाङ हिँडेकी महिलालाई उक्त टिप्टरले ठक्कर दिएको हो । घटना पछि मृतकका आफन्त तथा स्थानीयले बन्द गरेको बाटो प्रहरीले खुलाए पनि फेरि आक्रोशित स्थानीयले बाटो बन्द गरेका छन् । दोषीलाई कडा भन्दा कडा कारबाहीको माग र क्षतिपूर्तिको माग गर्दै बाटो बन्द गरिएको छ ।

बाटो बन्द भएपछि गन्तव्यमा जान लागेका सबै गाडी रोकिएका छन् । घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।