आज ह्वात्तै बढ्यो सुनको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं ।  मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज प्रतितोला १२  सय रुपैयाँले बढेको भएको हो ।

सोमबार प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार २ सय रुपैयाँले बढेर प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यस्तै, तेजाबी सुन ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य २० रुपैयाँले बढेको हो। सोमबार सुन प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्