एमसीसी देशकै हितमा छ : डा. रामशरण महत



काठमाडौं । पूर्व अर्थमन्त्री तथा काँग्रेस नेता डा. रामशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)  देशकै हितमा रहेको बताएका छन् ।

मंगलबार नयाँबानेश्वरस्थित संसदमा भवनमा बसेको संसदीय दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता महतले एमसीसी देशकै हित रहेको बताएका हुन् ।

“एमसिसीका विरुद्ध भ्रम फैलाइएको छ,  उनले भने, ‘यो चीनविरुद्ध छैन।’ चीनको बीआरआईविरुद्ध र इन्डोप्यासिफिक रणनीतिअनुसार पनि एमसीसी नरहेको भन्दै नेता महतले एमसीसी नेपालकै हितमा रहेकाले यसलाई पारित गर्नुपर्नेमा जोड दिए ।

महतका अनुसार एमसीसी अनुमोदनका लागि भोलि बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस हुने सम्भावना बढी रहेको छ । ‘सम्भवतः भोलि बस्ने संसद् बैठकमा एमसीसी पेस हुने सम्भावना बढी छ’, महतले भने । 

आफ्नो पार्टीका अधिकांश सांसद एमसीसीको पक्षमा रहेको महतको भनाइ छ । 

उनले फागुन १६ गतेभित्र एमसीसी सांसदबाट अनुमोदन नभए देशले ठुलो आर्थिक नोक्सान व्यहोर्ने बताए। 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्