मुख्यमन्त्री पोख्रेलको भारी मत , पक्षमा ६६ र विपक्षमा १८



सैघाली खबर

काठमाडौँ , २७ काठमाण्डौ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको आइतबार बसेको बैठकमा पोखरेलले विश्वासको मत मागेका थिए । उनको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १८ मत परेको छ ।

एमाले प्रदेशसभा संसदीय दलका नेता पोखरेल माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको समृद्धि र राजधानीका विषयमा चर्चा गर्दै विश्वासको मत मागेका थिए । उनले चिनियाँ रेल लुम्बिनी ल्याउने सरकारको निर्णयलाई कार्यान्वयन गर्न सहयोग गर्ने बताएका थिए ।

मुख्यमन्त्री पोखरेलले सबैलाई पायक पर्ने ठाउँमा राजधानी बनाउने पनि बताएका थिए ।

सबैलाई पायक पर्नेगरी प्रदेशसभाबाट राजधानीको एजेण्डाको टुंगो लगाउने उनको भनाइ थियो ।

उनले कानुन नबन्दा काम अड्किएको बताउँदै आर्थिक विधेयक पास भएपछि बजेटको काम सुरु हुने जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्