नेपाल बन्दको पूर्बसन्ध्यामा दाङका विभिन्न ठाउँमा मसाल जुलुस प्रदर्शन 



भालुवाङ ३ फागुन । नेपाल बन्दको पूर्बसन्ध्यामा भालुवाङ सहित दाङका विभिन्न ठाउँमा मसाल जुलुस निकालिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी सहितको संयुक्त राजनीतिक दलको आयोजनमा एमसीसी विरुद्ध भोलिको नेपाल बन्दको पूर्बसन्ध्यामा जिल्लाका घोराही, तुलसीपुर, राजपुर, गढवा लगायतका ठाउँहरूमा मसाल जुलुस निकालिएको हो ।

कोणसभामा बोल्ने वक्ताहरूले दलाल पुँजीवादी सरकारले संसदमा राष्ट्रघाती एमसीसी सम्झौता पास गर्न लागेको हुँदा त्यसका विरुद्धमा भोलिको नेपाल बन्दलाई सफल बनाउन मसाल जुलुस निकालिएको बताए छन् ।

उनीहरूले नेपाल बन्द कुनै संयुक्त राजनीतिक दलको मात्र नभएर आम नेपाली जनताको पक्षमा भएको र नेपाली जनताको अधिकार, जनजीविका र राष्ट्रिय स्वाधीनताको पक्षमा आफूहरूले छातीमा गोली थाप्न पनि पछाडि नपर्ने बताएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानर इन्चार्ज निर्मल केसी, अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशका इन्चार्ज दीपक विष्ट, नेकपा माओवादी (क्रान्तिकारी)बाट रामजी चौधरी, नेकपा माले दाङ जिल्लाका सचिव नेत्रप्रसाद पाण्डेले कोणसभालाई सम्बोधन गरेका हुन् ।

संयुक्त राजनीतिक दलले यो राष्ट्रघाती एमसीसीको विरुद्धको भोलिको नेपाल बन्दलाई सफल बनाउनका लागि सम्पूर्ण देशभक्त, राष्ट्रवादी, यातायात व्यवसायी, उद्योगी, व्यापारी, कलकारखाना लगायतलाई सहयोग अपिल गरेको छ ।

नेपाल बन्दको पूर्बसन्ध्यामा घोराहीको नेत्रलाल चोकबाट निकालिएको मसाल जुलुस सहिद गेटमा आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभाको सहजीकरण अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा दाङ जिल्लाका अध्यक्ष अम्मर खड्काले गरेका थिए ।

त्यसै गरी राजपुरको भैसाहवा चोकमा  र बेलामा गरि राजपुरको २ ठाउँमा मशाल जुलुस कार्यक्रम सम्पन्न गरेको नेकपा राजपुरले जनाइएको छ  ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा राजपुरका इन्चार्ज कमरेड उज्ज्वलले वर्तमान गठबन्धन सरकारले एमसीसी सम्झौता सांसदबाट अनुमोदन गर्ने प्रयास गरेर नेपालको राष्ट्रिय स्वाधीनता माथि निर्मम प्रहार र दुस्साहस गरेकाले प्रत्येक नेपाली जनताहरू यसको विरोध उभिनुपर्ने बताए ।

नेकपा राजपुर गाउकमिटी इन्चार्ज उज्ज्वल ,मधेसी मुक्ति मोर्चा नेपाल दाङका संयोजक शुर्य यादव,नेकपा दाङ जिल्ला सल्लाहकार समिति सदस्य तथा अखिल किसान क्रान्तिकारीका उपाध्यक्ष भीम बहादुर बुढाथोकी,नेकपा दाङ जिल्ला सदस्य हरिप्रसाद,रामप्रसाद लगाएतको युवा सङ्गठनका युवा साथीहरूको उपस्थिति रहेको नेकपा राजपुरले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्